close

आँधीखोलाको बाङसिङमा स्वास्थ्य चौकी शिलान्यास

आँधीखोलाको बाङसिङमा स्वास्थ्य चौकी शिलान्यास

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङमा स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले भवनको शिलान्यास गरे ।

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले जनताको आधारभूत आवश्यकता स्वास्थ्य सेवा र सुविधा प्राप्त गर्नु रहेकाले यसका लागि स्वास्थ्य चौकी भवन निर्माण गरिएको जानकारी दिए । 

 

‘वडामा जनशक्ति भए पनि भौतिक पूर्वाधार र उपकरण नहुँदा यहाँका बासिन्दाले ठूलो स्वास्थ्य समस्या हुनेबित्तिकै पोखरा वा सदरमुकाम स्याङ्जा जानुपर्ने बाध्यता हटेर अब आफ्नै ठाउँमा सेवा लिन सक्नेछन्’, पौडेलले भने ।

 

भवन निर्माणका लागि २ करोड १० लाख रुपैयाँको टेन्डर गरिएकामा करिब २५ प्रतिशत ठेक्का घटेर १ करोड ५७ लाख रुपैयाँमा सुन्दर निर्माण सेवा देउराली कास्कीले निर्माण जिम्मा लिएको गाउँपालिकाले बताएको छ ।

 

निर्माण कम्पनीसँग २०७७ माघमा सम्झौता भएको र यसै आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताए ।

 

आँधीखोलाको वडा नम्बर ४ का वडाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललगायत सहभागी थिए ।