close

कालोपत्रे सडकले जोडिँदै गण्डकी र लुम्बिनी प्रदेश

कालोपत्रे सडकले जोडिँदै गण्डकी र लुम्बिनी प्रदेश

Trulli
ADVERTISEMENT

स्याङ्जा- कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडकको कालोपत्रे शिलान्यास गरेकी छन् ।

 

वालिङ, भुम्रे, डुम्रेभन्ज्याङ, बानीडाँडा-हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक कालोपत्रे सुरु भएको हो ।


कार्यक्रममा मन्त्री अर्यालले स्याङ्जाको सिद्धार्थ राजमार्गसँग जोडिएका आधा दर्जन सडक कालोपत्रे भइसकेको जानकारी दिइन् ।

 

राजमार्गसँग जोडिएका आधा दर्जन भित्री सडक ३ वर्षमा स्तरोन्नति गरिएको उनले बताइन् । ‘स्याङ्जाका आधा दर्जन भित्री सडक पिच गरिएका छन्’, उनले भनिन्, जनताले विकासको अनुभूति गरेका छन्,’ मन्त्री अर्यालले भनिन् ।

 

गल्याङ-चापाकोट, अर्जुनचौपारी-घन्टे सडक, प्याराग्लाइडिङ स्थल स्वरेक मैदान जाने बयरघारी-बगरेबजार र वालिङ-डौँवालगायतका सडक कालोपत्रे भएको उनको भनाइ छ ।

 

आइतबार नै मन्त्री अर्यालले पेलाकोट-पिडीखोला सडकको समेत कालोपत्रे शिलान्यास गरिन् ।