close

पुतलीबजारले पायो आधारभूत स्वास्थ्य केन्द्र ठड्याउन निःशुल्क जग्गा

पुतलीबजारले पायो आधारभूत स्वास्थ्य केन्द्र ठड्याउन निःशुल्क जग्गा

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको पुतलीबजार नगरपालिका मातहत रहने गरी वडा नम्बर ४ नागडाँडामा बन्न लागेको आधारभूत स्वास्थ्य केन्द्रका लागि निःशुल्क जग्गा प्राप्त भएको छ ।  स्थानीय सेतीदेवी पोखरेल र चुडामणि पोखरेलले पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीलाई जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरी जग्गा उपलब्ध गराएका हुन् ।


जग्गाधनी प्रमाणपुर्जा ग्रहण गर्दै नगरप्रमुख क्षेत्रीले जग्गा उपलब्ध गराएकामा दातालाई धन्यवाद दिइन् । नगरप्रमुख क्षेत्रीले प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने बताइन् । आधारभूत स्वास्थ्य केन्द्रका लागि निःशुल्क रूपमा स्थानीय चुडामणि पोखरेलले १० आना ३ दाम र सेतीदेवी पोखरेलले २ आना ३ दाम जग्गा उपलब्ध गराएका हुन् । 

 

उनीहरूले मालपोत कार्यालयबाट आधारभूत स्वास्थ्य केन्द्रका नाममा पास गरी उक्त जग्गा उपलब्ध गराएको वडा नम्बर ४ का वडाध्यक्ष ओमबहादुर खड्काले जानकारी दिए । जग्गा हस्तान्तरण कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, ओजना अधिकृत ताराचन्द्र ढकाल, वडाध्यक्ष ओमबहादुर खड्का उपस्थित थिए ।