close

जुम्लाका स्थानीय तहका प्रशासनिक केन्द्रको भवन निर्माण हुँदै

जुम्लाका स्थानीय तहका प्रशासनिक केन्द्रको भवन निर्माण हुँदै

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाका स्थानीय तहका प्रशासनिक केन्द्रका भवन निर्माण कार्य तीव्रगतिमा भएका छन् । आठ वटै स्थानीय तहले सो कामलाई अगाडि बढाएका छन् । 

 

तिला गाउँपालिकाले प्रशासनिक केन्द्रको भवन निर्माण कार्यलाई तीव्र बनाएको छ । आउदो दशैँसम्म आफ्नै भवनमा सर्ने गरी निर्माण कार्यलाई तीव्र बनाएको हो । तिलाको डुण्डेलीमा निर्माणाधीन अवस्थामा रहेको भवनको निर्माण कार्य झण्डै ६० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ । नमूना र भूकम्प प्रतिरोधि भवन निर्माण कार्य जारी रहेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

 

उनले भने, ‘आउँदो दशैँसम्म गाउँपालिकाको आफ्नै भवन निर्माण भई कार्य सञ्चालनमा आउने छ । भवन निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायीलाई दशैँ अगावै भवन निर्माण गरिसक्न जानकारी गराएको छ ।’ दशैँपछि गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सक्नेछ । गाउँपालिकाको प्रशासनिक केन्द्र महत्वपूर्ण भएकाले आफ्नै पालामा भवन निर्माण भइसक्ने अध्यक्ष योगीले बताए । 

 

     
जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकाले पनि आफ्नो प्रशासनिक केन्द्रको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । स्थानीय सरकारले आफ्नै भवन निर्माण गर्न लागेको हुनाले नागरिकलाई सेवा प्रवाहमा सहज हुने स्थानीय तहका प्रमुख बताउँछन् ।

 

भाडाको घरबाट सेवा दिन असजिलो भएको भन्दै अब आफ्नै प्रशासनिक केन्द्रको भवन निर्माण पश्चत निकै सजिलो हुने सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताए । कनकासुन्दरी र हिमा गाउँपालिकाले अझै प्रशासनिक केन्द्रको टुंगो लगाउन सकेका छैन् । सिञ्जा गाउँपालिकाले प्रशासनिक केन्द्रको भवन निर्माण कार्य सुरु गरिसकेको छ ।

 

 गुठीचौर, तातोपानी र पातारासी गाउँपालिकाले प्रशासनिक केन्द्रको टुंगो लगाए पनि भवन निर्माण कार्य थालेका छैनन् ।