सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–८ स्थित निर्माण सम्पन्न भएका ज्येष्ठ नागरिक आवास गृहको भवन बुधबार वडा कार्यालयलाई हस्तान्तण गरिएको छ ।
सहरी विकास तथा भवन कार्यालय जनकपुरका इञ्जीनीयर विनोदकुमार यादव र नव सिर्जनशील कन्स्ट्रक्सन प्रालि पिएमके (जेभी) का प्रतिनिधि रवि रञ्जीतकारले संयुक्त रुपमा आज लालबन्दी नरगपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठलाई सो भवन हस्तान्तरण गरेका हुन् ।
संघीय सरकारको ३ करोड ३२ लाखको लागतमा सो १४ कोठेभवन सहरी विकास तथा भवन कार्यालय जनकपुरको निगरानीमा नव सिर्जनशील कन्ट्रक्सन प्रालि पिएमके (जेभी) ले निर्माण गरेको हो ।
सो भवन निर्माणका लागि स्थानीयवासी कौशिल्यादेवी श्रेष्ठले छोरा स्व. ईश्वरमान श्रेष्ठको सम्झनामा करिब ६ कठ्ठा जग्गा दान गरेकी थिइन् । सो भवनबाट यही असोज २६ गतेदेखि वडा कार्यालयले आफ्नो सेवा प्रवाह गर्ने वडाध्यक्ष श्रेष्ठले बताए ।