close

चार वर्षमा आठ स्वास्थ्य केन्द्र र ६ वडा कार्यालयको भवन निर्माण गर्‍यो शिवसताक्षीले 

चार वर्षमा आठ स्वास्थ्य केन्द्र र ६ वडा कार्यालयको भवन निर्माण गर्‍यो शिवसताक्षीले 

Trulli
ADVERTISEMENT

झापा– शिवसताक्षी नगरपालिकाले ४ वर्षमा आठ वटा आधारभूत स्वास्थ्य केन्द्र र ६ वटा वडा कार्यालयका भवन निर्माण गरेको छ । जनतालाई सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले सो भवन निर्माण गरको जनाइएको छ ।

 

पालिकाले  २० करोड ४० लाखको लगानीमा ८ वटा आधारभूत स्वास्थ्य केन्द्रका भवन ४ करोड ४५ लाखको लगानीमा ६ वटा वडा कार्यालयका भवन निर्माण गरेको हो । पालिकाले आफ्नै स्रोत, साधन तथा कतिपय अवस्थामा सङ्घीय र प्रदेश सरकारको समेत सहयोग जुटाएर सबै वडामा स्वास्थ्य केन्द्रका भवन निर्माण गरेको जनाएको छ । कार्यालयले वडा नम्बर १ मा  २४ लाख १६ हजार २३५, वडा नं २ मा  २४ लाख आठ हजार ६९३, वडा नं ३ मा  २४ लाख १५ हजार २०७, वडा नंं ५ मा  २५ लाख ५० हजार २९३, वडा नं ७ मा  २५ लाख २४ हजार ३३, वडा नं ८ मा  २६ लाख ६४ हजार १६, वडा नं ९ मा  २६ हजार ६१ हजार ८३७ र वडा नं १० मा  २७ लाख ५९ हजार ७१० रुपैयाँको लागतमा भवन निर्माण भएको पालिका अध्यक्ष चन्द्रकुमार शेर्माले बताए । 

 

उनका अनुसार पालिकाको आन्तरिक स्रोत, प्रदेश सरकारको समपूरक बजेट र जिसस सांसद पूर्वाधार विकास कोषको लगानीमा वडा कार्यालयका भवन बनेका हुन् । उनले वडा नं १ मा १ करोड एक लाख ४१ हजार ६३७, वडा नं ३ मा  ९९ लाख ८७ हजार ८०३, वडा नं ४ मा  ४२ लाख, वडा नं ५ मा  ९५ लाख, वडा नं ६ मा  ९५ लाख ३६ हजार ९३९ र वडा नं ७ मा १२ लाखको लागतमा भवन निर्माण सम्पन्न गरेको बताए ।

 

उनले पालिकाभित्रका सडक सञ्जालबाट सबै क्षेत्रलाई जोड्ने अवधारणाअनुरूप रिङरोडको निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए  । उनका अनुसार पालिकाले वडा नं ६ को शिवगञ्जदेखि बुलुचोकसम्मको ८ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि ७  करोड लगानी गरेको छ । पालिकाले यसै आर्थिक वर्ष २०७८/०७९ मा अस्पताल, फोहोरमैला व्यवस्थापन, बसपार्क, पर्यटकीयस्थल र शववाहन खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ ।