close

जुम्लाको विकट सुडीगाउँका घर–घरमै छ्यालब्याल खानेपानी 

जुम्लाको विकट सुडीगाउँका घर–घरमै छ्यालब्याल खानेपानी 

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाको तिला गाउँपालिका वडा नम्बर ६ विकट बस्ती सुडीगाउँ विकट बस्ती हो । यो स्थानमा अहिले पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । यो क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री पिठ्युँमा र खच्चरबाटै बोकेर लैजाने गर्छन् । स्थानीयले उत्पादित वस्तु पनि पिठ्युँमै बोकेर रारासेरी बजारमा बिक्रीका लागि लैजाने गर्छन् । 

 

विकट भए पनि अहिले घरघरमा खानेपानीका धारा पुगेको स्थानीय गोरीकला रावतले बताइन् । प्रत्येक घरधुरीमा धारा जडान भएपछि खानेपानीको सुविधा भएको उनको भनाइ छ । अनुकूलन कोषको आर्थिक सहयोग, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र (पेस–नेपाल) जुम्लाले प्रत्येक घरमा खानेपानी धारा जडान गरेको हो । 


कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत खानेपानी धारा जडान गरिएका हुन् । प्रत्येक घरधुरीका क र ख वर्गले ७९ दिन काम गरेर खानेपानी आयोजना निर्माण भएको पेस नेपाल जुम्लाका सब– इन्जिनियर हर्कबहादुर रावतले बताए । 


खानेपानी आयोजना निर्माण गरेबापत प्रत्येक घरधुरीका क र ख वर्गका प्रतिघरधुरी ५७ हजार ६३२ रुपैयाँ प्राप्त गरेका छन् । ‘९७ घरधुरीका नागरिकले ७९ दिन रोजगार पाउनुका साथै घरमै खानेपानीको सुविधा प्राप्त गरेका छन्’, उनले भने, ‘आयोजना सम्पन्न गर्न ८४ लाख ८५ हजार ५१७ रुपैयाँ खर्च भएको छ ।’