close

घोराही–तुलसीपुर चार लेन सडक निर्माणले गति लिँदै

घोराही–तुलसीपुर चार लेन सडक निर्माणले गति लिँदै

Trulli
ADVERTISEMENT

दाङ– दाङको घोराही–तुलसीपुर फोर लेन सडक विस्तारले गति लिने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् । निर्माण कम्पनी काम गर्न अनुमति लिने प्रक्रियामा रहेकाले आउँदो आइतबारदेखि काम सुरु हुने उनले जानकारी दिएका हुन् ।

 

जिल्ला प्रशासन कार्यालय दाङले सञ्चारकर्मीसँग आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले फोर लेन सडकसँगै पुल निर्माणलाई पूरा गर्न व्यवसायीलाई बोलाएर छलफल गरिसकेकाले अब छिट्टै काम अघि बढ्ने बताए ।


‘घोराही–तुलसीपुर फोर लेन सडकको काम अघि बढाउन निर्माण कम्पनी अनुमति लिने प्रक्रियामा रहेकाले अहिले कामले गति लिन नसकेको निर्माण व्यवसायीले बताएका छन्’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘प्रक्रिया मिलाउने काम यही साता सकिने र आउँदो आइतबारदेखि सडक निर्माणले गति लिनेछ ।’ 


सडक निर्माणसँगै पत्रेखोला र कटुवा खोलामा बाँकी रहेको पुलको कामलाई समेत अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए । ‘सडकसँगै पुल निर्माणको काम पनि रहेछ । निर्माण व्यवसायीलाई बोलाएर पुल निर्माणलाई अघि बढाउन भनेको छु । त्यसका लागि प्रशासनले आवश्यक सहयोग प्रशासनले गर्नेछ’, उनले भने, ‘निर्माण व्यवसायीले ३–४ दिनमै काम सुरु गर्ने भनेका छन् र त्यसमा फलो गर्ने काम प्रशासनले गर्छ ।’


नागरिकको सहजताका लागि जिल्ला प्रशासनले साताको एक दिन लमही र तुलसीपुर पुगेर सेवा दिने प्रमुख जिल्ला अधिकारीले सुनाए । नियम विपरीत हुने नदीजन्य पदार्थ उत्खननलाई कानुनी दायरामा ल्याइने उनले बताए । 


मापदण्ड र उद्देश्य विपरीत रहेका उद्योगलाई स्थानीय सरकारसँग समन्वय गरेर कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भएको उनको भनाइ छ । ‘अवैध नदीजन्य पदार्थ उत्खनन भइरहेकोबारे बिहान ४ बजेदेखि नै मलाई फोन आउन सुरु गर्छ’, उनले भने, ‘जिल्लामा नदीजन्य पदार्थ उत्खननलाई पनि नियमन गर्न आवश्यक छ ।’ 


कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापा मगरले नदीजन्य उत्खननमा केही समस्या रहेको बताइन् । नदीजन्य पदार्थ उत्खननको जिम्मा दिने र नियमन गर्ने काम स्थानीय तहको रहेकाले त्यसमा विशेष ध्यान उनले आग्रह गरिन् ।