close

चौतारा साँगाचोकगढी नगरपालिका आफ्नै भवनमा

चौतारा साँगाचोकगढी नगरपालिका आफ्नै भवनमा

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– भाडा र सापटी घरमा बसेर प्रशासनिक काम गर्दै आएको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । एक समारोहकाबीच नगरपालिकाका प्रमुख अमानसिं तामाङले सोमबार सो भवनको उद्घाटन गरे ।

 

लामो समय भाडाको घरबाट सेवा सञ्चालन गरिरहेको नगरपालिकाले पछिल्लो समय तत्कालीन कृषि विकास कार्यालयको भवनबाट प्रशासनिक कामकाज सञ्चालन गरिरहेको थियो । ‘हामी निर्वाचित भएर आउँदा आफ्ना लागि बस्ने कोठासमेत थिएन ।’ नगरप्रमुख तामाङले भने, ‘अब हामीलाई जनताको सेवा गर्न झन् धेरै सहज हुनेछ ।’ अहिले नगरपालिकाले सबैजसो वडा कार्यालयको भवनसमेत निर्माण गरिसकेर आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको उनले बताए  ।

 

नगरपालिकाको आफ्नै स्रोतबाट  सात करोड २५ लाख ४९ हजार खर्च गरी सो भवन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेलले बताए  । विसं २०७४ बाट निर्माण सुरु गरी तीन वर्षमा सम्पन्न गरिएको हो । नगरपालिकाका धेरैजसो शाखाका सेवा नयाँ भवनबाट प्रदान गरिने छ भने शिक्षा, पशु सेवा, कृषि सेवालगायत सेवा भने स्थान अभावका कारण पुरानै भवनबाट प्रदान गरिनेछ ।