close

तिलोत्तमाको ४ नम्बर वडा भवन उद्घाटन 

तिलोत्तमाको ४ नम्बर वडा भवन उद्घाटन 

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित डिंगरनगरमा निर्माण गरिएको वडा नम्बर ४ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयुक्त रूपमा भवन उद्घाटन गरे । अपांगता तथा बालमैत्री संरचनामा बनाइएको आधुनिक भवनमा ६ वटा कोठा छन् । यो भवनसँगै नगरपालिकाले सबै वडा कार्यालय निर्माण गरी आफ्नै भवनमा सेवा सुरु गर्न सफल भएको छ ।

 

हालसम्म डेरामा बस्दै आएकामा वडाको आफ्नै भवन निर्माणपछि स्थानीय सहज हुने वडाध्यक्ष दिवाकर ढकालले बताए । कार्यक्रममा नगरप्रमुख घिमिरेले तिलोत्तमा वडागत रूपमा दर्बिलो भइसकेको र सेवाग्राहीलाई छिटोछरितो सेवा दिन थालिसकेको दाबी गरे ।

 

 
नगर उपप्रमुख चौधरीले नागरिकलाई छिटोछरितो र प्रभावकारी सेवा दिन जनप्रतिनिधि प्रयत्नरत रहेको सुनाइन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, नगर प्रवक्ता सुरेन्द्र श्री, विभिन्न वडाका वडाध्यक्षहरू, वडा सदस्यहरू, कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दल तथा युवा क्लब, आमा समूह, टोल विकास संस्थाका पदाधिकारीलगायत सहभागी थिए ।

 


वडा भवन उद्घाटन अवसरमा झाँकीसहित पञ्चैबाजा र ¥याली निकालिएको कार्यक्रममा कर्मठ बालिका परियोजनाअन्तर्गत वडा नम्बर ४ र फेडो रुपन्देहीको सहकार्यमा जनज्योति महिला समूहका महिलालाई सिलाइ मेसिन वितरण गरिएको थियो ।