close

ग्रामिण क्षेत्रलाई लक्षित गरी नगर अस्पताल निर्माण हुँदै

ग्रामिण क्षेत्रलाई लक्षित गरी नगर अस्पताल निर्माण हुँदै

Trulli
ADVERTISEMENT

बागलुङ– ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य उपचारको सुविधालाई ध्यानमा राखेर बागलुङ नगरपालिका बागलुङले १५ शैय्याको नगर अस्पताल निर्माणको काम अघि बढाएको छ । बागलुङ नगरपालिका–१३ पैयुपाटा स्वास्थ्यचौकी लाई स्तरवृद्धि गरी नगर अस्पतालको सेवा विस्तार गरेको नगरपालिकाले सोमबार अस्पताल भवन निर्माणको सिलन्यास गरेको हो ।

 

पैयुपाटा क्षेत्रमा अस्पताल निर्माण हुँदा बागलुङ नगरपालिका–१२, १३, १४, १०, ११ वडाका स्थानीयले प्रत्येक्ष स्वास्थ्य सेवा उपयोग गर्न पाउँछन् । भवन निर्माणको जिम्मेवारी जुगल जेभीले लिएको छ । भवन निर्माणका लागि १२ करोड ८७ लाख रुपियाँमा ठेक्का सम्झौता भएको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिए ।

 

पहिलो चरणमा अस्पतालको मुख्य भवन, सवारी पार्किङ, पहुँच मार्ग, फोहोर मैला व्यवस्थापन क्षेत्र निर्माण हुनेछ । भवन २०८० साल असार २० गतेसम्म निर्माण कार्य सकिनु पर्ने इन्जिनियर शर्माले बताए । भवन निर्माणको लागि १८ करोड ५६ लाख रुपियाँ लागत स्टिमेट तयार भएपनि निर्माण कम्पनीले घटिघटाउमा सम्झौता गरेको छ ।

 

बागलुङ नगरपालिका– १३ का वडाध्यक्ष नारायण शर्माकाअनुसार अस्पताल भवन निर्माणको लागि चन्दा संकलनमार्फत नौ रोपनी जग्गा खरिद गरिएको थियो । नगर अस्पतालमा तीन जना मेडिकल डाक्टर, चार जना हेल्थ असिस्टेन्ट, दुई जना स्टाफनर्स, एक जना रेडियोलोजिष्ट, चार जना अनमी, फार्मेशिष्ट र ल्यावटेन्निसिनको दरबन्दी रहेको छ ।

 

बागलुङ सदरमुकाम आसपासका नागरिकलाई धौलागिरि अस्पताल उपचारको लागि पायक पर्ने हुँदा अस्पतालको पहुँचबाट टाढा रहेको नागरिकको क्षेत्रमा नगर अस्पताल विस्तार गरेको मेयर जनकराज पौडेलले बताए ।