close

हिमपातले जुम्लामा विद्युत् अवरुद्ध 

हिमपातले जुम्लामा विद्युत् अवरुद्ध 

Trulli
ADVERTISEMENT

जुम्ला–बिहीबार बेलुकादेखि परेको हिमपातले जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ । हिमपातले ठाउँ–ठाउँमा पोल र तारमा क्षति पुगेपछि विद्युत् प्रसारण लाइन अवरुद्ध भएको हो । जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेपछि बिजुली बाल्ने ग्राहक थपिएका छन् । विद्युत् अवरुद्ध भएपछि झन्डै ३ हजार ५ सय ग्राहक प्रभावित भएका छन् । 

 

विद्युत् अवरुद्ध हुँदा नागरिकले मोबाइलसमेत चार्ज गर्न नपाएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार लगातारको हिमपातले विद्युत् पोल र तारमा क्षति पुगेकाले विद्युत् सेवा अवरुद्ध भएको हो । उनले भने, ‘कहाँ, कति क्षति भयो । क्षति यकिन हुन सकेको छैन ।’ 

 


हिमपातले सडक सञ्चालन नभएकाले कर्मचारी खटाउन नसकिएको उनले बताए । ‘हिमपातले क्षति पुगेका क्षेत्रमा विद्युत् प्राधिकरणलाई जानकारी गराइदिन आग्रह गरिएको छ’, उनले भने । 

 

विद्युत् अवरुद्ध भएको क्षति यकिन गरी मर्मत गरेर पुनः सञ्चालनमा आउन समय लाग्ने भएको छ । अझै हिमपात भइरहेकाले मौसम खुलेपछि मात्रै क्षति यकिन र मर्मत थालिने उनले जानकारी दिए ।