close

बुद्धभूमिमा स्वास्थ्य चौकी भवन शिलान्यास

बुद्धभूमिमा स्वास्थ्य चौकी भवन शिलान्यास

Trulli
ADVERTISEMENT

कपिलवस्तु–कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । संघीय सरकारको १ करोड १६ लाख रुपैयाँ अनुदानमा भवन निर्माण हुन लागेको हो ।


कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले भवन शिलान्यास गरे । कार्यक्रममा नेता आचार्यले बुद्धभूमि नगरपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मार्दै गएको बताए ।


भवन सरकारको मापदण्डअनुसार निर्माण हुने बुद्धभूमिका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताए । नगरपालिका सामाजिक विकासको सूचकमा पछाडि परेको क्षेत्रमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण हुने भएपछि सेवाग्राही खुसी भएका छन् । 

 

नगरपालिकाको १० मध्ये ३ स्वास्थ्य चौकीमा मापदण्डअनुसारको भवन रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले जानकारी दिए ।

 

निर्माण हुन लागेको भवनमा बर्थिङ सेन्टरसहितको सुविधा हुनेछ । निर्माणको ठेक्का गोरखनाथ कन्सट्रक्सन प्रालि काठमाडौंंले पाएको नगरपालिकाका इन्जिनियर निकिता त्रिपाठीले बताइन् । कम्पनीले असार मसान्तभित्र निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता छ ।