close

बिर्तामोडका नगरप्रमुखले डोजर लगाएर भत्काए कालोपत्रे सडक

गुणस्तरहीन सडक निर्माण गरेको दाबी

बिर्तामोडका नगरप्रमुखले डोजर लगाएर भत्काए कालोपत्रे सडक

गुणस्तरहीन सडक निर्माण गरेको दाबी

Trulli
ADVERTISEMENT

झापा–गुणस्तरहीन सडक निर्माण गरेको दाबीसहित झापाको बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले कालोपत्रे सडक भत्काएका छन् । मापदण्डविपरीत सडक निर्माण भएको भन्दै वडा नम्बर ८ को प्रगतिनगर–शंखरवाडी टोल जाने कालोपत्रे सडक डोजर लगाएर भत्काइएको नगरप्रमुख शिवाकोटीले बताए ।

 

नगरपालिकाका इन्जिनियर, प्राविधिकसहित निर्माणाधीन कालोपत्रे सडकको अनुगमनका लागि पुगेका नगरप्रमुख शिवाकोटीले निर्माण व्यवसायीले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन कालोपत्रे सडक बनाएको भन्दै सडक भत्काउनुपरेको दाबी गरे । 

 

उनले भने, ‘सम्झौता विपरीत गुणस्तरहीन सडक बनाउने छुट कुनै ठेकेदारलाई छैन । ठेकेदार कम्पनीले सम्झौताअनुसार सडक बनाउनुपर्छ ।’

 

२५० मिटर लम्बाइ, २० फुट चौडाइको कालोपत्रे सडकको ठेक्का इलामको सिद्धिथुम्का निर्माण सेवा प्रालिले १३ लाख ८५ हजार ३ सय १२ रुपैयाँमा लिएको थियो । नगरपालिकाले निर्माण कम्पनीसँग २ असारमा सडक निर्माणको सम्झौता गरेको थियो ।

 

ठेक्का सम्झौताअनुसार २ असार ०७९ सम्म सडक निर्माण सम्पन्न गर्नुपर्ने थियो । नगरप्रमुख शिवाकोटीले शुक्रबार डोजर लगाएर भत्काउन निर्देशन दिएपछि स्थानीय खुसी भएका छन् ।