close

कपिलवस्तुको १० नम्बर वडा कार्यालय भवन उद्घाटन

कपिलवस्तुको १० नम्बर वडा कार्यालय भवन उद्घाटन

Trulli
ADVERTISEMENT

कपिलवस्तु–कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १० को वडा कार्यालय भवन उद्घाटन भएको छ । नगरप्रमुख किरण सिंहले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरे ।

 

नगर प्रमुख सिंहले विगत वर्षमा नगरमा निर्माणका धेरै काम सम्पन्न भएको बताए । आगामी दिनमा नगरको जनप्रतिनिधि भए पनि, नभए पनि नगर विकासमा पहल गरिरहने उनले प्रतिबद्धता जनाए । नगर प्रमुख सिंहले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताए ।

 

नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुने विश्वास व्यक्त गरे । वडा नम्बर १० का वडाध्यक्ष मोहनलाल शर्माले पहिलो पटक निर्वाचित भएर आएपछि अधिकांश समय सिकाइमै बितेको बताए ।

 

कार्यक्रममा वडाको विकासमा विभिन्न क्षेत्रबाट योगदान पु-याउने सयभन्दा बढीलाई सम्मान गरिएको थियो । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ तेनुवामा निर्माण गरिएको सो भवनमा ९९ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत पद्मराज श्रेष्ठ, कनकमान श्रेष्ठलगायत सहभागी थिए ।