close

तिलोत्तमाले बनायो अतिथि गृह तथा सभाहल

तिलोत्तमाले बनायो अतिथि गृह तथा सभाहल

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ । नगरपालिकाले वडा नम्बर ९ को केवलानीमा १६ कोठाको अतिथि गृह र १२ जना अट्ने क्षमताको सभा हल निर्माण गरेको हो ।

 

हाल सभाहलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ । कोरोना महामारीको दोस्रो लहरमा नगरपालिकाले सभाहलमा ६० बेडको अस्थायी कोरोना अस्पताल निर्माण गरेको थियो । महामारी अन्त्य भएपछि सभा हल तथा अतिथि गृहलाई उद्देश्यअनुरूप सञ्चालन गर्ने नगरपालिकाको तयारी
छ । 

 

नगरपालिकाले दुई बिघा क्षेत्रफलमा अतिथि गृह र सभाहलको संरचना तयार गरेको हो । नगरपालिकाका योजना प्रमुख इन्जिनियर प्रदीप वनका अनुसार अतिथि गृहको लागत २ करोड २२ लाख तथा सभाहलको लागत १ करोड ५७ लाख रुपैयाँ रहेको छ । 

 

अतिथि गृह तथा सभाहलको बुधबार प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरे । विश्वकर्माले तिलोत्तमाले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिकलगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेको बताए । 

 

प्रदेश सांसद रमा अर्याल, पूर्वप्रदेश सांसद दधिराम न्यौपानेलगायतले विकास निर्माण तथा महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिकाबारे बोलेका थिए । कार्यक्रममा नगरप्रमुख वासुदेव घिमिरे, उप–प्रमुख जगेश्वरदेवी चौधरी एवं प्रवक्ता सुरेन्द्र श्री सहभागी थिए ।