close

'धरानमा खानेपानीको गुनासै आउन छोड्यो'

'धरानमा खानेपानीको गुनासै आउन छोड्यो'

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकाको सबैभन्दा ठूलो समस्या खानेपानी हो । खानेपानीको समस्या समाधान गर्छु भन्ने नारा लिएर स्वतन्त्र उम्मेवार बनेका हर्क साम्पाङ धरानको मेयर बने । 

हर्क साम्पाङ मेयर बनेपछि उनले खानेपानीको पम्प मर्मत सम्भार, मुहान संरक्षण र स्रोत पहिचान तथा पानीको मुहान सुक्न नदिन वृक्षरोपणमा जोड दिएका छन् । आफू 'कुल्ली मेयर' भन्दै उनी शनिबार र बिदाको दिन पानीको हरेक समस्या समाधान तथा व्यवस्थापनमै लागिपरेका उनको सामाजिक सञ्जालबाटै थाहा पाउन सकिन्छ । 

धरानका मेयर साम्पाङले आफू काममा व्यस्त हुँदासमेत स्थानीयको खानेपानीसम्बन्धी गुनासो सुन्ने व्यवस्था गरेको छ । मेयरको सचिवालयले हरेक दिनको ११ बजेदेखि १ बजेसम्म खानेपानीसम्बन्धी गुनासो टिपाउन सक्ने व्यवस्था गरेको छ । 

तर, पछिल्लो समय खानेपानीसम्बन्त्री गुनासो नै छोडेको हर्क साम्पाङको सचिवालयले दाबी गरेको छ । गुनासो सुन्ने ती अधिकारीका अनुसार सुरु-सुरुमा गुनासोको नाममा विभिन्न गालीगलौज गर्नेहरू पनि थिए तर, पछिल्लो समय गुनासै आउन छोडेको उनको भनाइ छ । 

धरान उपमहानगरका अनुसार पानीको सबैभन्दा धेरै समस्या भएका वडाहरू ११, १५ र १७ हुन् । यी वडाहरू सबैभन्दा धेरै जनसंख्या भएको वडा पनि हुन् ।