close

यमबुद्धको शालिक बनाउन कामनपाद्वारा बजेट विनियोजन

यमबुद्धको शालिक बनाउन कामनपाद्वारा बजेट विनियोजन

Trulli
ADVERTISEMENT

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले र्‍यापर ‘यमबुद्ध’ को नाममा पार्क बनाउन साढे एक करोड रकम विनियोजन गरेको छ । 

र्‍यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका-१६ खुसिबुस्थित नयाँबजारको जग्गामा पार्क बनाउन महानगरले सो रकम छुट्याइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। 

उनका अनुसार नयाँ बजारमा ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको छ । 

‘नयाँबजारको जग्गामा पार्क बनाउने निर्णय गरिएको हो,’ मानन्धरले भने, ‘ त्यहाँ सात रोपनी क्षेत्रफलको जग्गा छ। त्यो सबै क्षेत्रफलमा पार्क बन्छ वा बन्दैन, टुंगो लागेको छैन।’ 

यम बुद्धको नाममा बन्ने पार्कमा अरू पार्कमा हुने सुविधा सबै हुने मानन्धरले बताए। र्‍यापर यमबुद्धको शालिक बनाउने भनेपछि मेयर साह विवादित बनेपछि मेयर साहले आफ्नै तलबबाट यमबुद्धको शालिक बनाउने अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए ।