close

उच्च बस्ती धो तराप डोल्पो बुद्ध गाउँपालिकाको प्राथमिकतामा

उच्च बस्ती धो तराप डोल्पो बुद्ध गाउँपालिकाको प्राथमिकतामा

Trulli
ADVERTISEMENT

काठमाडौं । डोल्पो बुद्ध गाउँपालिकाले आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रममा धो तरापलाई  उच्च प्राथमिकतामा राखेको छ । 

‘धो तराप उच्च बस्तीको मान, डोल्पो बुद्ध गाउँ पालिकाको सान’ भन्ने नाराका साथ पालिकाले यो बस्तीलाई उच्च प्राथमिकतामा राखेको उपाध्यक्ष पेम्पा दोर्जे गुरुङले जानकारी दिए । 

पालिकाले चालू आवको नीति तथा कार्यक्रममा विद्युतीय सामाग्री र सूचना प्रविधि मैत्री विद्यालय निर्माण गर्ने भनी उल्लेख गरेको छ।

यस्तै, गाउँपालिकाभित्रका उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि स्थानीय सरकार छात्रवृत्ति कार्यक्रम पनि संचालन गर्ने जनाएको छ। 

सचेत अभिभावक, दक्ष शिक्षक, नियमित विद्यार्थी, प्रभावकारी शिक्षण, गुणस्तरिय सिकाईका साथै सूचकहरु निर्धारण गरी आगामी पाँच वर्षमा गुणात्मक शैक्षिक सुधारको लागि पञ्चवर्षीय शैक्षिक सुधार योजनाको प्रभावकारी कार्यान्वयन गरी आगामी आर्थिक वर्ष २०७९/८० मा शैक्षिक गुणस्तर सुधारको प्रारम्भिक वर्षका रुपमा रहने बताइएको छ। 

यस्तै पालिकाले सामाजिक क्षेत्रको सुधारका लागि एक घर एक शौचालय, एक वडा एक सहकारी, एक गाउँ एक उत्पादनलाई पनि वशेष प्राथमिकता दिएको छ । 

त्यसैगरी, पालिकाभित्रका नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै पालिकाले स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गर्नुका साथै टेलिमेडिसिनलयागत आधुनिक उपचार पद्धतिबाट उपचार गर्ने नीति अवलम्वन गर्ने उल्लेख छ । 

यस्तै, आयुर्वेद (आम्ची) चिकित्सा र योगलाई समेत स्वास्थ्य सेवा प्रवाहको एक महत्वपूर्ण माध्यमका रुपमा लिई प्रवर्द्धन पनि गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

डोल्पो बुद्ध गाउँपालिकालाई क्रमश शून्य फोहोरमैलाको गाउँपालिकाका रुपमा विकास गर्दै लैजाने नीति अनुरुप आगामी आर्थिक वर्षमा डोल्पो बुद्ध गाउँपालिकालाई पूर्ण सरसफाई उन्मुख अभियान सुरुवात गरिने बताइएको छ ।