close

धरान उपमहानगरका मेयर साम्पाङलाई मन्त्रीको निम्तो

धरान उपमहानगरका मेयर साम्पाङलाई मन्त्रीको निम्तो

Trulli
ADVERTISEMENT

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन्।

शनिबार धरान पुगेका सहरी विकासमन्त्री महानगरद्वारा गरिएको स्वागत कार्यक्रमलाई संबोधन गर्दै धरानको खानेपानी समस्या समाधानका लागि कुरा गर्न मन्त्रालय बोलाएका हुन् ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, 'उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ। त्यसमा उहाँको सबैभन्दा बढी इन्नोसेन्ट र कमिटमेन्ट पाउँछु  । मान्छेहरू राम्रो गर्छु भन्दा उडाउँछन्। हाँसोको विषय बनाउँछन्। तर मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि।’