close

स्थानीयको साझेदारीमा सडक ढलान

स्थानीयको साझेदारीमा सडक ढलान

Trulli
ADVERTISEMENT

काठमाडौं । बेँसीसहर नगरपालिका ८ स्थित आलेमुल-बुद्ध मेमोरियल गेट सडक साझेदारीमा ढलान गरिएको छ।

बेँसीसहर नगरपालिकाको ६० र स्थानीयको ४० प्रतिशत लागत साझेदारीमा ७२ मिटर सडक ढलान गरिएको हो।

उपप्रमुख गुरुङले स्थानीय तह एक्लैले विकास र समृद्धि ल्याउन नसक्ने भएकाले त्यसमा स्थानीयबासीको पनि सहभागिता हुनुपर्ने बताइन्।

सडक निर्माण सम्पन्न भएसँगै आइतबार बेँसीसहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले उद्घाटन गर्दै विकासको पहिलो पूर्वाधार सडक रहेको उनको भनाइ छ । 

सडक ढलानका लागि कुल १४ लाख २१ हजार ८ सय ६३ रुपैयाँ खर्च भएकोमा नगरपालिकाको ६० प्रतिशत अर्थात् ८ लाख ५३ हजार १ सय ३ रुपैयाँ र स्थानीयको ४० प्रतिशत अर्थात् ६ लाख ६८ हजार ७ सय ३५ रुपैयाँ खर्च भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम लामाले बताए। सडकको चौडाइ ४ मिटर र लम्बाइ ७२ मिटर रहेको छ।

सो अवसरमा उनले आगामी दिनमा पनि जनप्रतिनिधि र स्थाीयबासी सँगसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए।