close

देवचुलीका अध्यक्षले शेखर गोल्छालाई भने : लगानी भित्र्याउनूस्, सुरक्षाको जिम्मा हाम्रो

देवचुलीका अध्यक्षले शेखर गोल्छालाई भने : लगानी भित्र्याउनूस्, सुरक्षाको जिम्मा हाम्रो

Trulli
ADVERTISEMENT

काठमाडौं । नवलपरासी (सुस्तापूर्व) काे देवचुली नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, नगरलागयतको टिम र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालगायत पदाधिकारीबीच छलफल भएको छ ।

नगरप्रमुख हरिप्रसाद न्यौपाने नेतृत्वको टोली र उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालगायत पदाधिकारीबीच भेटवार्ता भएको हो । 

भेटघाट देवचुलीमा लगानी भित्र्याउने विषयमा छलफल भएको प्रवक्ता तथा वडा नम्बर ११ का वडाध्यक्ष तिलप्रसाद काफ्लेले जानकारी दिए । 

भेटघाट नगरमा लगानी भित्र्याउने विषयमा केन्द्रित रहेको बताउँदै उनले उद्योग वाणिज्य संघका पदाधिकारीले सम्भाव्यताका लागि अध्ययन टोली पठाउने बताएको बताए । 

प्रवक्ताले वाणिज्य संघका पदाधिकारीले आफूहरू लगानी गर्न इच्छुक रहेको भनी वचन दिएको प्रवक्ता काफ्लेले बताए । उनले भने, ‘कृषि, पर्यटन र उद्योग क्षेत्रमा लगानी गर्न उहाँहरू इच्छुक हुनुहुन्छ,’ प्रवक्ता काफ्लेले भने, ‘हामीले लगानीको सुरक्षा गछौँ । तापईंहरु लगानी भित्र्याउन आउनुपर्‍यो भनी आग्रह ग¥यौँ । उहाँहरू पोजेटिभ हुनुभएको छ ।’

यस्तै, केबलकारबारे पनि सम्भाव्यता अध्ययनका लागि पनि दुई पक्षबीच कुराकानी भएको उनले बताए । 

‘देवचुली डाँडामा केबलकार निर्माणबारे अध्ययनका लागि उहाँहरूले सम्भाव्यताका लागि अध्ययन टोली पठाउने भन्नुभएको छ,’ उनले भने । लगानीका लागि वातावरण स्थानीय तहले बनाइदिनुपर्ने उनीहरूको माग रहेको उनले बताए । 

‘लगानीको सुरक्षा होस् भन्ने उहाँहरूको चाहना छ । त्यसमा पनि स्थानीय सरकारले गर्नसक्ने कुरा के–के छन् त्यसमा हामी सहजीकरणका लागि तयार छौँ । यसमा उहाँहरू सकारात्मक हुनुहुन्छ,’उनले भने ।