काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको स्काभेटर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका पुगेको छ ।
सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनद्वारा अनुदानमा उपलब्ध गराइएको सो स्काभेटर गाउँपालिका आइपुगेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।
उनका अनुसार वडा नम्बर ७ ओलाचुङगोलामा रहेको टिप्ताला नाका बन्द रहेकाले सिन्धुपाल्चोकको तातोपानी नाकादेखि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक सातामा र फुङ्लिङदेखि दुई दिनमा फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा स्काभेटर पुर्याइएको हो ।
स्काभेटर ल्याउन नेपाल सरकारले भन्सार शुल्कबापत लाग्ने २५ लाख छुट दिएर सहयाेग गरेकाे उनले बताए ।
स्काभेटर गाउँपालिका पुगेसँगै गाउँपालिकाभित्रका सडक मर्मत गर्न थालिएको छ ।