close

विकास निर्माण कार्यमा ज्यामीलाई प्राथमिकता दिने गौमुखी पालिकाको निर्णय

विकास निर्माण कार्यमा ज्यामीलाई प्राथमिकता दिने गौमुखी पालिकाको निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं । प्यूठानको गौमुखी गाउँपालिकाले चालू  आर्थिक वर्षदेखि गाउँपालिकाको विकास निर्माण मेसिनरी औजारकाे सट्टा ज्यामी/  मजदुरको सहभागितालाई जोड दिने भएको छ । 

मेसिनर र औजारको कम प्रयोग गरेर जनशक्तिको बढी प्रयोग गर्ने योजना बनाएको गाउँपालिकाको अध्यक्ष विष्णु कुमार गिरीले पािलकाखबरलाई जानकारी दिए । 

पालिकाभित्रको बेरोजगारीलाई हटाइ रोजगारी सिर्जनाका लागि विकास निर्माणका कार्यमा ज्यामी/ मजदुरको सहभागिता गराउने निर्णय गरिएकाे उनले बताए । 

साथै, उनले गाउँपालिकाले निर्माण गर्ने भवनहरु पनि पक्की र प्रकोप थेग्न सक्ने बनाउने निर्णय गाउँ कार्यपालिकाले गरेको उनले जानकारी दिए ।