close

दुई अर्ब ५० करोडको लागतमा भरतपुरमा भूमिगत विद्युतीकरण हुँदै

दुई अर्ब ५० करोडको लागतमा भरतपुरमा भूमिगत विद्युतीकरण हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा साउन अन्तिम साताबाट भूमिगत विद्युतीकरणको काम सुरु हुने भएको छ । 

भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।  उनका अनुसार यही साउन ३० गतेबाट विद्युतीकरणअन्तर्गत निर्माणको काम सुरु हुनेछ । 

दाहालका अनुसार निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई परेको छ ।

यस्तै, परियोजनाका इञ्जिनियर विनोद सापकोटाले अनुसार डलरमा बोलपत्र भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम दुई अर्ब ५० करोड हाराहारीमा हुने उनले बताए । 

उनका अनुसार यो रकम भरतपुर र पोखरामा आधा–आधा खर्च हुनेछ । उनले भने, ‘विभिन्न निकायसँग समन्वय गरेर कामअघि बढाउन महानगरले अगुवाइ गरेका कारण काम छिटो सुरु गर्ने अवस्थामा पुगेका छौँ ।’

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोक देखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ ।

सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख भएकाले सडक बिग्रन नपाउने उहाँले जानकारी दिए । 

सन् २०२२ जनवरीबाट लागू हुनेगरी निर्माणको सम्झौता भएको छ । सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा  विद्युत् भूमिगत गर्न लागिएको हो । यो कामको प्राधिकरणका तर्फबाट परामर्शका रुपमा पावर ग्रिड कम्पनीले हरेरिरहेको छ । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

महानगरका शहरी क्षेत्रमा हावाहुरीका कारण धेरै समसया हुने गरेको छ । यससँगै दुई सडकमा पोल ढलेर हुने समस्या अन्त्य हुनेछ । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीले विद्युत्का कारण भोगेका समस्या धेरै कम हुने र सुन्दर बन्ने बताए । 

नेपाल टेलिकमसँग समेत सहकार्य गरेर काम अघि बढाउन परियोजनालाई भनिएको अधिकारीको भनाइ छ । योसँगै निजी क्षेत्रका तारसमेत भूमिगत गर्न सकिने गरी आयोजनाले काम गर्न लागेको छ ।