close

काठमाडौं महानगरको फोहोर बोकेका १४ टिपर ३ मेसिनमा तोडफोड

काठमाडौं महानगरको फोहोर बोकेका १४ टिपर ३ मेसिनमा तोडफोड

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरको फोहोर बोकेर बन्चरेडाँडा गएका १४ टिपर ३ वटा मेसिन तोडफोड भएको छ ।

गएराति फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडीमा तोडफोड भएको आफूले पनि थाहा पाएको धुनीवेसी नगरपालिकाका–१का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।

तर, काठमाडौं महानगरको फोहोर फाल्न अवरोध र फोहोर बोकेका गाडी तोडफोडमा वडाको कुनै पनि संलग्नता नभएको उनले पालिका खबरलाई बताए । 

बन्चरेडाँडमा फोहोर व्यवस्थापनका लागि यसअघि भएको सम्झौता महानगरले कार्यान्वयन गरेको भनी पटक–पटक वडावासीले गुनासो गर्दै आएको उनको भनाइ छ । 

उनले भने, ‘ अहिले बन्चरेडाँडामा फोहोर फाल्न नदिने भनेर स्थानीयले कुनै पनि माग गरेका छैनन् । बरु यसअघि भएका सहमति कार्यान्वयन नरेको भनी पटक–पटक वडामा गुनासो गर्दै आएका छन्,’ उनले भने, ‘मैले सहजीकरण गर्दै आएको थिए । तर, पछिल्लो समय परिस्थिति वडाको काबुबाहिर गएको छ ।’

फोहोर व्यवस्थापनका महानगर र मन्त्रालयसँग भएका सहमति कार्यान्वयन नभएको भनी  वडावासीले गुनासो गर्ने भनी वडामा गुनासाे गर्ने गरेको उनले जानकारी दिए । 

‘अहिले पनि खोलामा लिच्चड पहिले झै गएको, फोहोरमा औषधि नहालेको, र बाटोको पनि पहिलेकै अवस्था रहेको भनी बारम्बर स्थानीयले गुनासाे गर्ने गरेका छन्, उनले भने ।  

तर, काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर बन्चरेडाँडमा फोहोर बोकेर गएका टिपरमा तोडफोड भएकोबारे आफूलाई जानकारी नभएको बताए । 

यस्तै, बन्चरेडाँडा फोहोर व्यवस्थान समितिका अध्यक्ष श्रीराम ढुंगानाले अहिले बन्चरेडाँडामा फोहोर फाल्न कुनै  पनि अवरोध नरहेको बताउँदै फोहोर बोकेका गाडीमाथि तोडफोड भएकोबारे आफू जानकार नरहेको जानकारी दिए ।