काठमाडौं । काठमडौं महानगरले थापाथलीस्थित नर्भीक अस्पतालले नियमविपरीत बनाएका भौतिक संरचना आजै भत्काउने भएको छ ।
महानगरको नगरप्ररहरी प्रमुख धनपति सापकोटाले अनधिकृत रुपमा बनाएका टहरा साढे दुई बजे भत्काउने तय भएको जानकारी दिए ।
महानगर सहरी व्यवस्था विभागले सोमबार एक सूचना जारी गरी अस्पतालले जिलमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरिएका संरचना २४ घन्टाभित्र हटाउन समयावधि दिएको थियो ।