close

भीमदत्त राजमार्गको अवस्था नाजुक बन्दै

भीमदत्त राजमार्गको अवस्था नाजुक बन्दै

Trulli
ADVERTISEMENT

धनगढी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने राजमार्गको अवस्था नाजुग बन्दै गएको छ । वर्षेनी वर्षातको समयमा अवरुद्ध हुँदै आएको भिमदत्त राजमार्गको अवस्था नाजुग बन्दै गएको हो । 

नाजुग बन्दै गएको उक्त राजमार्गमा यात्रा गर्ने यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।

सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रमुख मार्ग भीमदत्त राजमार्ग दरार अर्थात् चिरा पर्दै गएका कारण यात्रुहरूले जोखिम मोल्दै यात्रा गर्नु परेको छ । 

राजमार्गमा मोड सुधार योजना प्रभावकारी नहुँदा र उक्त राजमार्गमा चल्ने सवारीसाधनले क्षमता भन्दा बढी समालामान बोक्नुका साथै सडकको क्षमताभन्दा ठुला सवारीसाधन चल्ने गरेका कारण राजमार्गको अवस्था नाजुग बन्दै गएको हो । भने यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।

वर्षातको समयमा बाढी र पहिरोले अवरुद्ध हुने उक्त राजमार्गमा साना—ठुला सवारीसाधनहरू चल्दै आएका छन् । राजमार्गमा बनाइएका नालाहरू व्यवस्थित नहुँदा र वाल नलगाइँदा सडकको अवस्था नाजुग बन्दै गएसंगै सात जिल्लाका यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपरेको चुरे गाउँपालिकाका वडा नम्बर ५ का श्याम चापागाँईले बताए । ‘सुदूरपश्चिमका साता जिल्ला जोड्ने राजमार्ग वर्षातको समयमा अवरुद्ध हुँदै गएका कारण र माथिबाट खस्ने पहिरोले वर्षेनी ३÷४ जनाले ज्यान गुमाउनु परेको छ’, उनले भने ।

चिरा पर्दै गएको राजमार्गमा वर्षातको बाढी र पहिरोले सडक जामसंगै हिलाम्य हुने भएकाले सात पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम बन्दै गएको बसमा सवार यात्रु दार्चुलाका गोविन्दराज जोशीले बताए । ‘वर्षौं पुरानो राजमार्गको सुधारका कार्य नहुँदा नाजुग बन्दै गएको छ भने जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ’, उनले भने ।

मोड सुधारको जिम्मा पाएको ठेकेदारले असारको मुखमा मात्र काम गर्ने प्रवृत्तिले सडकका बिचमा ठुला–ठुला हिलाम्य खाल्डाका बन्ने भएकाले सडक जीर्ण बन्दै गएको हो । भने भत्किएको र जीर्ण अवस्थामा रहेको राजमार्गको सुधार गर्नेतर्फ सरोकारवाला निकायको ध्यान नजाँदा यातायात सञ्चालनमा जोखिम बढेको सवारी चालकहरू बताउँछन् ।

राजमार्गको भासु भीर, भ्यागुत्ये पानी, सहजपुर, मोडहरूसंगै हगुल्टे, साहुखर्क र भत्काँडासम्म सडकको बिच—बिचमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको चालक रमेश छेडालले बताए । खाल्डाखुल्डीका कारण सडक हिलाम्य बन्दै गएको छ । हिलाम्य सडकका कारण मोटरसाइकल, साना सवारीसाधनहरू अनियन्त्रित हुँदा जोखिम बढ्दै गएको उनले बताए ।

सडक डिभिजन कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्कीले विभिन्न समस्या देखाउँदै तोकिएको समयमा काम गर्न समस्या बताए । ‘चालु आर्थिक वर्षको असोजसम्म सडकका मोड सुधार गरिने छ । पटक–पटकको वर्षाले सडकमा माटोपानी मिसिएकाले कालोपत्रे उप्किएर राजमार्गका बिच–बिचमा खाल्डाखुल्डी परेको हो’, उनले भने ।

राजमार्ग साँघुरो छ, तर पनि ठुला—ठुला सवारीसाधनहरू चलिरहेका छन् । साँघुरो सडकमा चल्ने ठुला सवारीसाधनले दुर्घटनाको जोखिम निम्त्याएको साना सवारी चालकहरू बताउँछन् । सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एक मात्र राजमार्गमा सवारीसाधनको अत्यधिक चाप हुने गरेको छ । 

अत्यधिक वर्षाले सडकको ४० प्रतिशत काम बाँकी रहेको सडक डिभिजन कार्यालय कुलपातेले जनाएको छ । अहिले सडकको अवस्था जीर्ण हुँदा तथा वर्षायाममा एक महिना राजमार्ग हिलाम्य हुने र सडक चिप्लो हुँदा दुर्घटनाको जोखिम रहेको चालकको भनाइ छ ।