close

गौमुल गाउँपालिकाले ५६० मिटर लामो झोलुङ्गे पुल बनाउने

गौमुल गाउँपालिकाले ५६० मिटर लामो झोलुङ्गे पुल बनाउने

Trulli
ADVERTISEMENT

बाजुरा । गौमुल गाउँपालिकाले आगामी ३ वर्षभित्र बुढीगंगा नदीमा ५६० मिटर लामो झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा पुल निर्माण गर्ने योजनालाई अगाडि सारिएको हो । 

गाउँपालिकाको वडा नम्बर २ को धजलाउलादेखि ढम्णीया जोड्ने पुल निर्माण गरिने छ । जसका लागि सडक विभागको पुल महाशाखासँग समन्वय भइरहेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले पालिका खबरलाई बताए । 

'बजेट त गाउँपालिकाले सकिन्छ तर, प्रविधिक तथा अन्य जनशक्तिका लागि पुल महाशाखालाई आग्रह गरिएको छ । सडक विभागकै लागतमा निर्माण हुन्छ ।' उनले भने । 

गाउँपालिका अध्यक्ष रोकायाका अनुसार त्यहाँ केही वर्ष सडक पुग्ने सम्भावना नरहेको हुँदा स्थानीयको सहजका लागि झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । 

नेपालकै सबैभन्दा लामो पुल भने कालीगण्डकी नदीमा निर्माण भएको बागलुङ नगरपालिका–१ र पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने पुल हो ।