close

अवैध संरचना भत्काउन मेयर आफैँ मैदानमा

अवैध संरचना भत्काउन मेयर आफैँ मैदानमा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ । महानगरले आजबाट नक्सा पासविनाका संरचना भत्काउन भत्काउन सुरु गरेको हो । 

नगरप्रमुख बालेन्द्र शाह आफैँ मैदानमा उत्रिएका छन् । र, उनको साथमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी मुना चौधरी रहेकी छन् । 

महानगरले सुन्धरामा अवस्थित कर्माचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल भत्काएको छ । भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीले अनाधिकृत रूपमा बनाइएका संरचना महानगरपालिकाले भत्काएको हो । 

महानगरले  खिचापोखरीमा रहेको आरबी कम्प्लेक्स अगाडिका अवैध संरचना र खिचापोखरीका रञ्जना गल्लीमा बनाइएका अवैध संरचना महानगरले हटाएको छ । 

यसैगरी, महानगरपालिकाले दरबारमार्गको लन्डन पब र मात्सुरी टोक्यो क्याफेलाई बिहीबारसम्म सामान हटाइसक्न  निर्देशन दिएको छ । 

यसअघि सोमबार बिहान कार्यालय समय सुरु हुँदै गर्दा काठमाडौं महानगरपालिकाको नगरप्रमुख बालेन्द्र शाह आफैँ बानेश्वरमा एक्सन लिन पुगेका थिए । उनकै उपस्थितिमा बानेश्वर कम्प्लेक्सको अवैध संरचना हटाइएको थियो । सो क्रममा नगरप्रमुख बालेन्द्रले अवैध संरचना मंगलबारसम्म नहटाए महानगरपालिका आफैँले एक्सन लिने चेतावनी दिए ।

महानगरले अण्डरग्राउण्ड पार्किङ बनाउने भनेर महानगरबाट  नक्सा पास गरेका भवनलाई अण्डरग्राउण्ड पार्किङका लागि नै प्रयोग गर्न र अवैध संरचना हटाउन ३५ दिने सूचना जारि गरेको थियो । तर, सोको बेवास्था गरी संरचना नहटाएपछि महानगर आफैँले ती संरचना हटाउन सुरु गरेको हो । 

काठमाडौं उपत्यकामा पार्किङको समस्या नौलो कुरा होइन । यसको समाधानको लागि अण्डरग्राउण्ड पार्किङ सुविधासहित बन्ने भवनको नक्सा पासमा समेत महानगरपालिकाले सहुलियत दिएको काठमाडौं महानगरपालिकाका सार्वजनिक विकास निर्माण शाखाका निर्देशक रामबहादुर थापाले बताए । 

हरेक दिन किनमेलको लागि हजारौं मानिस न्युरोडमा पुग्ने गरेको, तर पार्किङ अभावका कारण समस्या हुने गरेको उनको भनाइ छ ।