close

देउवाद्वारा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन

देउवाद्वारा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् ।  

शनिबार प्रधानमन्त्री देउवाले रुपन्देहीको बुटवल उपमहानगरपालिकामा निर्मित सो केन्द्रको उद्घाटन गरेका हुन् । 

बुटवलदेखि पूर्वपश्चिम राजमार्गसँगै जोडिएको केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ । सभाहल एक हजार सीट क्षमताको छ । 

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष एव पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायत उपस्थित छन् ।