close

नक्सा लिएर उपस्थित हुन विशाल बजारलाई महानगरको निर्देशन

नक्सा लिएर उपस्थित हुन विशाल बजारलाई महानगरको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले विशाल बजारलाई भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेस गर्न निर्देशन दिएको छ ।

सोमबार विशाल बजारको स्थलगत अनुमगनपछि महानगरको टोलीले विशाल बजारलाई यस्तो निर्देशन दिएको हो । 

भवनको बेसमेन्टमा रहेको पसल अनधिकृत रहेको र भवनको नक्सासमेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिइएको महानगरको भनाइ छ । 

विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई पसलहरु वैधानिक रहेको दावी गरेको थियो ।