close

ललितपुर महानगरले भत्कायो आफ्नै अनधिकृत संरचना

ललितपुर महानगरले भत्कायो आफ्नै अनधिकृत संरचना

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुर महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेको छ । महानगरले लगनखेलमा नियमविपरीत बनेको आफ्नै संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।

यसअघि महानगरले फुटपाथ ओगटेर नियमविपरीत भवन बनेको थियो । सो भनवमा क्वालिटी क्याफे सञ्चालनमा थियो ।

नगर प्रहरी प्रमुख हाछेथुले फुटपाथ ओगट्नेलाई पत्र नकाटी पनि कारबाही गर्न मिल्ने भएकाले बिहान नगर प्रहरीको टोलीले भत्काएको बताए ।

यस्तै, महानगरले फुटपाथ मिचेर, नक्साविपरीत बनाइएका अनधिकृत संरचना दसैँसम्म भत्काउन निर्देशन दिएको छ ।यतिखेर महानगरले अनधिकृत संरचना हटाउन माइकिङ गरिरहेको छ ।