close

मापदण्डविपरीतका घर टहरा हटाउन निर्देशन

मापदण्डविपरीतका घर टहरा हटाउन निर्देशन

Trulli
ADVERTISEMENT

बनेपा । पनौती नगरपाालिकाले मापदण्डविपरीत निर्माण भएका घर टहरा हटाउन निर्देशन गरेको छ । सोमबार पालिकाले एक सूचना जारी गर्दै नियमविपरीत निर्माण भएका घर तथा टहरा हटाउन निर्देशन दिएको हो । 

सूचना अनुसार नगर क्षेत्रमा नियमविपरीत घर टहरा निर्माण भएको र केही निर्माणको क्रममा रहेको गुनासो आएपछि पालिकाले सो निर्देशन दिएको हो । 

सूचनामा भनिएको छ, 'सडक किनारमा नगरपालिकाबाट स्वीकृत नलिई निर्माण भएको र हाल कतिपय स्थानमा निर्माण भइरहेको जानकारी प्राप्त भएकोले नगरपालिकाबाट स्वीकृति लिएर मात्रै निर्माण कार्य गराउनु हुन र मापदण्डविपरीत निर्माण भएका सम्पूर्ण घर टहरा हटाउनु हुन यो सूचना जारी गरिएको छ ।' 

सूचनालाई बेवास्ता गरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कारबाही गर्ने पालिकाले जनाएको छ ।