close

काठमाडौं महानगरमा भाटभटेनीको बेसमेन्ट र ललितपुर महानगरमा पेट्रोलपम्प हटाइँदै

काठमाडौं महानगरमा भाटभटेनीको बेसमेन्ट र ललितपुर महानगरमा पेट्रोलपम्प हटाइँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर ३२ मा अवस्थित भाटभटेनीको बेसमेन्टमा रहेको संरचना हटाउन सुरु गरेको छ ।

भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

यस्तै,  ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल सेन्टर हटाउन सुरु गरेको छ । महानगरकै जग्गामा लामो समयदेखि सञ्चालनमा रहेको सो पम्प महानगरले हटाउन सुरु गरेको हो । 

तर, महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालिएको महानगरले जनाएको छ ।

महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली अहिले लगनखेल पुगेर पेट्रोल सेन्टरमा भएको इन्धन खाली गराउँदैछ ।