close

बुटवल उपमहानगर सफा र स्वच्छ राख्न आवश्यक कार्य गरिने

बुटवल उपमहानगर सफा र स्वच्छ राख्न आवश्यक कार्य गरिने

Trulli
ADVERTISEMENT

काठमाडौं । बुटवल उपमहानगरपालिकाले नगर सफा र सुन्दर बनाउन आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । नगर प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । 

बैठकले नगरभित्र सडकको क्षेत्राधिकार, सडक पेटी र चोक चौराहालाई सफा र सुन्दर बनाउने नर्णय गरेको छ । 

बढी अव्यवस्थित क्षेत्रमा माइकिङ, अनुगमन र थप जानकारी गराउने निर्णय भएको, र जानकारी गराउँदा पनि सडकको क्षेत्राधिकार, सडकपेटी र चोक चौराहामा रहेका ठेला, टंकी र व्यापार नहटेमा कारबाही अघि बढाउने निर्णय बैठकले गरेको छ । 

बैठकमा नगरप्रमुख पाण्डेयले बुटवललाई सफा, सुन्दर शहरका रुपमा स्थापितका लागि सबैको साथ सहयोग जरुरी रहेको सडकको क्षेत्राधिकार, सडकपेटी र चोक चौराहामा रहेका ठेला, टंकी र व्यापार हटाउन आग्रह गरे । 

उनले सबैखालका व्यापार व्यवसाय नियम कानुनअनुसार सञ्चालन हुनुपर्ने र सडक, सडक पेटी, चोक चौराहामा व्यापार व्यवसाय गर्दा दुर्घटनाको जोखिम बढेको, सहर फोहोर र अव्यवस्थित भएकोले व्यवस्थापन गर्न जरुरी रहेको बताए । 

उनले हाटबजार, ठेला र इरिक्साको बेथिति बढ्दै गएको र यी सबैलाई कानुनअनुसार नियमन गर्ने र कानुनी दायरामा ल्याउने बताए । 

बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलभित्र बढ्दै गएको बेथिति हटाउनका लागि ठेला, इरिक्सा र हाटबजार व्यवस्थापन गर्न निरन्तर अनुगमन गर्ने बताए । 

उनले सबैलाई एकै किसिमको कानुन लाग्ने र मनपरि गर्न नपाइने बताए ।