काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले गाउँपालिकामा १५ शै्ययाको अस्पताल बनाउने कार्यलाई अघि बढाएको बताएका छन् ।
अध्यक्ष सुखाडी प्रसाद चौधरीले पालिका खबरसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
तर, १५ शै्ययाको अस्पताल बनाउने प्रक्रिया भने अघिल्लो सरकारले अघि बढाएको थियो । यद्यपि काम निर्माण कार्य भने अघि बढ्न सकेको थिएन ।
दोस्रो कार्यकालका लागि कार्यकारी भूमिकामा अध्यक्ष चौधरी आएपछि जग्गा छनोट भएको छ ।
साथै, प्रशासनिक भवन निर्माणका लागि पनि जग्गा प्राप्त भई यसै वर्ष भवन बनाउने प्रक्रियामा अघि बढाइएको छ ।
‘ यो एक सय दिनको अवधिमा १५ शै्ययाको भवन निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । त्यसैगरी, प्रशासनिक भवन निर्माणका लागि जग्गा छनोट भएको छ । वडा नं ७ मा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएका छौँ । वडा नं ६ मा पनि बर्थिङ सेन्टर सञ्चालन गर्न संघबाट बजेट ल्याएका छौँ ।’