close

आम्दाले विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने

आम्दाले विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकसित गरिने भएको छ ।

 

बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको संयुक्त साझेदारीमा सञ्चालित अस्पतालको २४ औं साधारण सभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने बताए । 

अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहका पाण्डेयले महिला तथा बालबालिकाको उपचारका लागि प्रदेशस्तरको सुविधासम्पन्न अस्पताल र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताए । 

‘यो अस्पताल प्रदेशकै सुविधासम्पन्न महिला र बालबालिकाको अस्पतालका रुपमा स्थापित हुनेछ, उनले भने, ‘त्यसका लागि बुटवल उपमहानगरपालिकाले प्रक्रिया आरम्भ गरेको छ, साझेदार संस्थाहरुसहित संघ र प्रदेश सरकारको समेत सहयोगमा यो अस्पताल प्रदेशकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पताल बन्नेछ ।’

उनले अस्पतालको सेवासुविधालाई चुस्त बनाउँदै अस्पतालका हरेक काम पारदर्शी र प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिए । कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले महिला तथा बालबालिकाको उपचारका लागि स्तरीय अस्पताल बनेपछि बुटवल र आसपासका बिरामी अन्यत्र जानु नपर्ने बताए ।