काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्न सरकारी संरचनामाथि डोजर चलाउन सुरु गरेको छ।
कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५-१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा सरकारी संरचनामाथि डोजर चलाएको उपमहानगरपालिकाले जनाएको हो।
काठमाडौं महानगरले अनधिकृत संंरचना भत्काएको थियो । यद्यपि केही दिनयता महानगरको अनधिकृत संरचना भत्काउने क्रम रोकिएको छ।