close

भक्तपुर नगरले तार भूमिगत गर्ने

भक्तपुर नगरले तार भूमिगत गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । भक्तपुर नगरपालिकाले विद्युतीय तारहरुलाई भूमिगत गर्ने भएको छ । नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा बसेको  बैठकले नगरभित्र रहेको अव्यवस्थित तार भूमिगत गर्ने निर्णय गरेको हो । 

नेपाल विद्युत् प्राधिकरण, ललितपुर–भक्तपुर वितरण प्रणाली सुदृढीकरण आयोजनामा सो बैठक बसेको पालिकाले जनाएको छ । 

बैठकमा प्रमुख प्रजापतिले नगर क्षेत्रभित्र दृष्य प्रदुषण हटाउन  चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरक्षेत्रमा विद्युतका तार भूमिगतका लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले घना बस्ती भएको पुरानो बजार क्षेत्र र पुराना घरहरु रहेको ठाउँमा तार भूमिगत गर्दा हुन सक्ने कम्पन र साँस्कृतिक हिसाबले महत्वपूर्ण सम्पदा भएका स्थानमा विशेष सावधानी अपनाउनुपर्ने बताए ।