close

सार्वजनिक यातायात प्रणालीलाई भरपर्दो बनाउन नगरप्रमुख बालेनको आग्रह

सार्वजनिक यातायात प्रणालीलाई भरपर्दो बनाउन नगरप्रमुख बालेनको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले  काठमाडौँको सार्वजनिक यातायात प्रणालीलाई भरपर्दो बनाउनुपर्ने बताएका छन् । एक कार्यक्रममा बोल्दै उनले सडक सुरक्षाको लागि यातायात प्रणालीलाई भरपर्दो बनाउनु पर्ने बताएका हुन् ।

उनका अनुसार ठूला २ सय सार्वजनिक सवारीले पुग्ने काठमाडौँको चक्रपथमा २ हजार सवारी गुड्छन् । जति धेरै यात्री राख्न सक्यो उत्ति नै आय आर्जन हुन्छ । यसकारण सार्वजनिक सवारी सञ्चालकहरुविच अस्वस्थ्य प्रतिस्पर्धा भयो, उनले भने, सडक असुरक्षाका कारणमध्ये यो अवस्था पनि एउटा हो । यसलाई पिक एण्ड ड्रपको माध्यमबाट जसले जति यात्री बोके पनि आयमा असर नपर्ने वातावरण सिर्जना गर्नुपर्छ । 

उनले अनियन्त्रित गतिमा गुड्ने सवारीको गतिमा नियन्त्रण गर्न र  दुर्घटनामा कमी गर्नको लागि सो विधि प्रयोग गर्न आवश्यक रहेको बताए ।

सार्वजनिक यातायातमा विश्वाश नभएकोले उपभोक्ता सबैले साधन किन्नु परेको उनले सुनाए । सबैले आफ्नै सवारी किनेपछि चाप धेरै भयो । यातायात व्यवस्थापनका चुनौतीमध्येको अर्को यसप्रकारको चाप पनि हो, उनले भने सार्वजनिक यातायात प्रणालीमा विश्वाश बढाएपछि यो चाप घटाउन सकिन्छ ।’

काठमाडौँ महानगरसँगको सहकार्यमा सडक सुरक्षा परिषद, सडक सुरक्षा समाज र रोटरी क्लव अफ दरबारमार्गले सो कार्यक्रमको आयोजना गरेको थियो ।