close

हाइटेन्सन लाइनका हाँगा काट्दै महानगर

हाइटेन्सन लाइनका हाँगा काट्दै महानगर

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उच्च भोल्टेजयुक्त प्रसारण लाइन (हाइटेन्सन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालेको छ। महानगरले विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म रुखको हाँगा हटाउन थालेको हो।

विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध वारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको महानगरले जनाएको छ। काटिएका हाँगाहरू वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गरिएको महानगरको जनाएको छ।