close

तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ खनियो

तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ खनियो

Trulli
ADVERTISEMENT

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ ५६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ। आयोजनामा कूल १ हजार ४०८ मिटर लामो सुरुङ खन्नुपर्ने छ। 

पावर हाउसअन्तर्गत सुरुङ निर्माण कार्यमा ४७५ जना जनशक्ति परिचालन गरिएको सेफ्टी हेल्थ एन्ड वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिएका छन्। 

डयाम साइडबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ। आयोजनाले चौबिसै घण्टा निर्माण कार्य गरिरहेको जानकारी समेत तिवारीले दिएका छन्। प्याकेज २ अन्तर्गत १,२ र ३ को पावरहाउस जाने टनेलको सबै कार्य सम्पन्न भइसकेको छ। 

तनहुँको ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा निर्माणाधीन यो आयोजना निर्माण सम्पन्न भएपछि १४० मेगावाट विद्युत् उत्पादन हुनेछ। 
पानी निस्कने सुरुङको ढलान कार्यका लागि स्टिल फर्म वर्क्स भइरहेको आयोजनाका सहायक निर्देशक भोजराज पोख्रेलले जानकारी दिएका छन्। उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । त्यसैगरी,प्याकेज दुई अन्तर्गतको विद्युत् गृह खन्ने काम  समेत सम्पन्न भइसकेको छ। 

आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको उनले बताए। 

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युत््गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको हो । 

सिनोहाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ । २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ निर्माण कार्य पनि सम्पन्न गरेको छ । 

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रु.पचास करोड पचास लाख अमेरिकी डलरको लागि एडिबीको.पन्ध्र करोड लगानी रहेको छ। 

त्यसैगरी,जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले रु.अठ्ठार करोड चालिस लाख, युरोपियन लगानी बैंकले. आठ करोड पचास लाख र नेपाल विद्युत् प्राधिकरणले आठ करोड साठी लाख डलर लगानी गर्ने वित्तीय सहमति भएको छ।