close

पक्की पुल बनेपछि रेश र धम्जावासीलाई सहज

पक्की पुल बनेपछि रेश र धम्जावासीलाई सहज

Trulli
ADVERTISEMENT

बागलुङ। काठेखोला गाउँपालिकामा एकसाथ दुई मोटेरबल पुल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको योजना अन्तर्गत बागलुङको काठेखोला गाँउपालिकामा एकासाथ दुई मोटरेवल पुल निर्माण गरिएको हो । 

गाउँपालिका–६ बिँहु र भिमापोखरा जोड्ने गरी लामाबगरमा र वडा नं ७ रेशको सिमानामा रहेको एक्लेखेतस्थित रेश खोलामा मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि रेश र धम्जामा अब बाह्रैमास यातयातका साधन चल्ने भएको छ । 

रेशमा बर्खा लागेपछि सवारीसाधन खोलापार गर्न नसक्ने समस्या रेश खोलामा पुल निर्माण भएपछि हटेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । 

रेश खोलाको पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले रू पाँच करोड २७ लाख बजेट विनियोजन गरेको थियो । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय पोखरा र पूर्वाधार विकास कार्यालय बागलुङको साझेदारीमा २५ मिटर लामो मोटरेवल पुल निर्माण भएको हो । 
 
त्यसैगरी रू पाँच करोड लागतमा पुल निर्माणको ठेक्का निलगिरि नेशनल जेभिले जिम्मा लिएको थियो । विसं २०७६ सालमा ठेक्का सम्झौता भएको पुल २०७९ माघ मसान्तसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य निर्माण कम्पनीको छ । 
    
पुलको अहिले रङ्गरोगनको काम चलिरहेको छ । यस्तै लामाबगरमा ३० मिटर लामो पक्की पुल निर्माण भएको छ । रू तीन करोड ३१ लाख लागतमा पुलको निर्माणको जिम्मा पनि निलगिरि नेशनल जेभीले लिएको थियो । 

विसं २०७७  माघमा सकिने गरी २०७६ साउन २६ गते ठेक्का सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौताभन्दा दुई वर्षपछि मात्रै सम्पन्न भएको हो । लामाबगर पुल र रेश खोलाको पुल दुबै हस्तान्तरणको चरणमा पुगेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले जानकारी दिए ।