close

सडक निर्माण छिटो सम्पन्न गर्न कागेश्वरी मनोहराको गृहकार्य

सडक निर्माण छिटो सम्पन्न गर्न कागेश्वरी मनोहराको गृहकार्य

Trulli
ADVERTISEMENT

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाले सडक निर्माण छिटो सम्पन्न गर्न गृहकार्य सुरु गरेको छ । 

मुलपानी पिपलबोट – ब्रम्हखेल सडक खन्ड अन्तर्गत कागेस्वरी मनोहरा ६ को केहि ठाउँ र ५ र ४ नम्बर वडा खन्डको वर्षौ सम्म अलपत्र सडक निर्माण छिटो सम्पन्न गराउन पालिकाले कदम थालेको हो।  

यसको लागि गत शुक्रबार अथात् फागुन ५ गते वडा अध्यक्ष , टोल बिकास समिति तथा सरोकारवाल व्यक्ति डिभिजन सडक कार्यालयमा डेलिगेसन गई आवश्यक छलफल गरेको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए।

छलफलमा डिभिजन सडक कार्यालय प्रमुख नारायण निहुरेले निर्माण सम्पन्न हुन बाँकि सडक खण्ड यो हिउँद महिनाभित्र सम्पन्न गराउन महत्त्वपूर्ण कदम चाल्ने निर्णय भएको उनले बताए। सोकोलागि यहि फागुन ११ गते निर्माण ठेकेदारको बैठक बोलाई काम सुरु गर्ने निर्णय भएको उनले जानकारी दिए।