close

‘चुल्होको सरकार प्रमुख’को प्रतिवद्धता : सबैको घर-घरमा बिजुली बल्छ

‘चुल्होको सरकार प्रमुख’को प्रतिवद्धता : सबैको घर-घरमा बिजुली बल्छ

Trulli
ADVERTISEMENT

दैलेख- चामुण्डाबिन्द्रासैनी नगरपालिकाले नगरपालिकाको सबै वडामा विद्युतीय पहुँच पुर्‍याउनको लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाको वडा नम्बर ५ र ६ का करिब ५ प्रतिशत स्थानीयमात्र बिजुलीको पहुँचमा रहेका हुँदा सबै वडामा बिजुली बिस्तार तीव्र बनाएको नगरपालिकाका नगरप्रमुख गणेशकुमार शाही पालिकाखबरसँग बताउछन् । 

चालु आर्थिक वर्षमा संघीय अनुसार ५० लाख र पालिकाको ५० लाख गरी विनियोजित एक करोडको टेन्डर प्रक्रिया सकेर वडा वडामा पोल गाड्ने काम भइरहेको नगरप्रमुख शाही बताउँछन् । नगरपालिकामा रहेका साढे २६ हजार जनसंख्यामध्ये अति न्यून स्थानीयले मात्र बिजुली बाल्न पाएका भन्दै नगरपालिकाले काम समयमै सक्नका लागि ठेकेदारलाई पनि ३ पटकसम्म ‘फलोअप’ गरिसकेको छ । 

यससँगै नगरपालिकाले शिक्षा, खानेपानी, स्वास्थ्य, कृषि सडक लगायतको क्षेत्रहरूमा प्राथमिकताका साथ काम गरिरहेको छ । नगरको गौरवको योजना अन्तर्गत रहेको खानेपानीको आयोजनालाई गाउँमा पुर्‍याउने काम पनि भइरहेको छ । 

सीमित स्रोत साधनका बीच स–साना योजनालाई सम्बोधन गर्नुपर्ने भएको आफू हुँदा चुल्होको सरकार भएको नगरप्रमुख शाही बताउँछन् । 
चालु आर्थिक वर्षमा धे‍रै काम भइसके पनि आफ्नो कार्यकालभित्र प्रत्येक घरमा बिजुली बल्ने नगरप्रमुख शाहीको भनाइ छ ।