close

सल्लेरीदेखि पैंयासम्मको सडकको भाडादर पुनरावलोकन

सल्लेरीदेखि पैंयासम्मको सडकको भाडादर पुनरावलोकन

Trulli
ADVERTISEMENT

सोलुखुम्बु– सल्लेरीदेखि पैंयासम्मको सडकको भाडादर पुनरावलोकन गरिएको छ । कात्तिक ७ गते लागू हुने गरी सोलुखुम्बुका जिल्ला अधिकारी बसन्त भट्टराईको अध्यक्षतामा बसेको बैठकले भाडा दर निर्धारण गरेको हो । 

बैठकको निर्णयअनुसार सल्लेरीदेखि पैंयासम्म प्रतिव्यक्ती रू २२०० को भाडादर निर्धारण गरिएको छ । सामान्यबाहेकका केही समयमा भने भाडा दर  बढाउने निर्णय उक्त बैठकले गरेको छ । 

असोज १ देखि असोज १५ गतेसम्म र फागुन १५ देखि चैत्र १ गते सम्मको अवधिको लागि सल्लेरी देखि थामडॅाडा/पैंया जान एकतर्फि भाडा दर प्रतीव्यक्ति रू २५०० कायम गरेको छ । त्यस्तै मंसिर १५ देखि पौष १५ गते सम्म र जेष्ठ १० गते देखि जेष्ठ मसान्त सम्म थामडॅाडा/पैंया देखि सल्लेरी जान एकतर्फि भाडादर प्रतिव्यक्ति रू २५०० कायम गरेको छ । 

सुरक्षा सम्यत्रका लागि भन्दै बेलुकी ५ बजेभन्दा पछाडी सल्लेरी थामडॅाडा/पैंया रूटमा सवारी साधन प्रयोग नगर्ने निर्णय बैठकले गरेको छ । 

उक्त निर्णय भएपछि केही यातायात व्यवसायिले उक्त निर्णयहरू कार्यन्वयन नगरिएको भन्ने जनगुनासो आएको जनाउँदै उक्त निर्णय अनिवार्य पालना गर्न निर्देशन दिएको छ । यदि निर्णय पालना नगरिएको प्रमाण फेला परेमा त्यस्ता यातायात व्यवसायिलाई उक्त क्षेत्रमा यातायात व्यवसाय गर्न पुर्ण रूपमा बन्देज गरिने चेतावनी दिइएको छ ।

यातायात व्यवसायीसँगको समझदारीमा भएको सहमति बमोजिम थामडॅाडा पैंया देखी बुक्सा, खरिखोला, पाङगोम, जुभिङ लगायतको क्षेत्रमा स्थानिय यात्रुलाई सुविधा पुग्ने गरी २ वटा सवारी साधन लोकल यातायातको रूपमा सञ्चालन गरिने भनिएकोमा हालसम्म सञ्चालन नभएको पाईएकाले यथासिघ्र सञ्चालन गर्न उक्त बैठकले निर्देशन दिएको छ ।  ङिम दोर्जि शेर्पा पर्यटन सडक क्षेत्रभित्र सडक छेवछाउ सवारी साधन पार्किङ गर्न, अनावश्यक हर्न बजाउन, क्षमताभन्दा धेरै यात्रु र सामान बोक्न, मादप पदार्थ सेवन गरी सवारी साधन चलाउन पुर्ण रूपमा बन्देज गरिएको जनाइएको छ । 

बैठकमा सहायक जिल्ला अधिकारी सरोज अर्याल, प्रहरी सहायक निरिक्षक कृष्ण कटवालको साथमा प्राविधिक र यातायात व्यवसायिहरुको समेत सहभागिता रहेको थियो ।