close

रुरुक्षेत्र गाउँपालिकाले गर्‍यो सवारी आवगमनमा रोक

रुरुक्षेत्र गाउँपालिकाले गर्‍यो सवारी आवगमनमा रोक

Trulli
ADVERTISEMENT

गुल्मी– रुरुक्षेत्र गाउँपालिकाले सवारी आवागमनमा रोक लगाएको छ । गाउँपालिकामा गोलपोखरी बेशीकाचौर, रुरुक्षेत्र १ र २ पुल निमार्ण कार्य भइरहेकोले सवारी आवागमनमा रोक लगाएको हो ।

रामकृष्ण एसआर जेभीका निमार्ण व्यावसायीद्धारा निर्माण गोलपोखरी बेशीचौर, रुरुक्षेत्र–१ र २ जोड्ने झोलुङ्गे पुल निमार्णको काम हुने भएको सवारी आवागमनमा रोक लगाएको हो । रातामाटा कफी अनुसन्धान केन्द्र सडकको जौका चौपारीको भागमा सडकमा नै जग खनी पुलको जिप तयार गर्नपर्ने गाउँपालिकाले जनाएको छ । 

सवारी आवागमन मंसिर ५ गतेदेखि मंसिर मसान्तसम्म बन्द रहने भएकोले बैकल्पिक मार्गको प्रयोग गर्न प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले आग्रह गरेका छन् ।