close

रौतामाइले सञ्चालनमा ल्यायो हेलिप्याड

रौतामाइले सञ्चालनमा ल्यायो हेलिप्याड

Trulli
ADVERTISEMENT

उदयपुर - रौतामाई गाउँपालिकाले हेलिप्याड निर्माण गरेको छ । संघीय सरकारको 'एक पालिका एक हेलिप्याड 'कार्यक्रम अनुरुप गाउँपालिकाले हेलिप्याड निर्माण गरेको हो । 

गाउँपालिकाको अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार भौगोलिक बनावटका कारण पालिकामा आकस्मिक रुपमा आउने विपद्को व्यवस्थापनको लागि सहयोग पुर्याउनका लागि हेलिप्याड निर्माण गरेको हो । भौगोलिक बनावटको आधारमा गाउँपालिकाले वडा नम्बरमा हेलिप्याड निर्माण गरेको उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकाको आर्थिक लगानीमा सेनाको पशुपतिप्रसाद गणको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण भएको हो । हेलिप्याड निर्माणको लागि गाउँपालिकाले साढे तीन लाख रुपैयाँ बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ । 

गत पुष २५ गतेदेखि निर्माण भएको हेलिप्याड निर्माण भएसँगै माघ १७ गते उदघाटन गरेको उनले सुनाए । सामुन्द्रिक सतहबाट करिब ७८० मिटर माथिको उचाइमा सो हेलिप्याड निर्माण भएको छ । 

हेलिप्याड निर्माण भएसँगै आकस्मिक रुपमा आउने विपद्को व्यवस्थापनको लागि सहयोग पुग्ने उनको विश्वास छ ।