close

दोर्दीको प्रशासकीय भवनको शिलन्यास

दोर्दीको प्रशासकीय भवनको शिलन्यास

Trulli
ADVERTISEMENT

लमजुङ– दोर्दी गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास भएको छ । भवनको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बुधबार एक कार्यक्रमकाबीच औपचारिक रुपमा शिलान्यास गरेका हुन् ।

गाउँपालिकाले भ्याटसहित ६ करोड ६० लाख ६४ हजार १ सय ५४ रुपैयाँ ९९ पैसामा भवन निर्माणका लागि सम्झौता गरेको छ । प्राविधिक र आर्थिक प्रस्तावमा सवै प्रक्रिया पूरा गरेर देवकोटा गणपति जेभीसँग २०८० माघ ०१ गते सम्झौता गरेको गाउँपालिकाले जनाएको छ । निर्माण व्यवसायीले २०८२ जेठ २५ गते भित्र भवन बनाइसक्ने गरी सम्झौता भएको हो । 

प्रशासकीय भवनमा राष्ट्रिय योजना आयोग र स्थानीय तहको ५०/५० प्रतिशत लगानी रहने गाउँपालिकाले जनाएको छ । जसमध्ये राष्ट्रिय योजना आयोगले ५० प्रतिशत,स्थानीय पूर्वाधार (डिओएलआई)ले १० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लगानी रहने छ । 

प्रशासकीय भवन अपाङ्ग मैत्री हुनुको साथै लिफ्टको सुविधा रहने छ । २५ वटा कोठाको तीनतले भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहने छ । 

प्रशासकीय भवन निर्माणपछि जनताले सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास गाउँपालिकाले लिएको छ ।